वीरगन्ज, १२ भाद्र । कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । थप २४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको स्वाब नमुना परीक्षण गर्दा पर्साका २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक, उनकी श्रीमति र छोरामा पनि संक्रमण भेटिएको छ ।
यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका ५ विरन्चीवार्वाका ५ जनामा पनि राती कोरोना संक्रमण पुष्टि भएको चौरसीयाले जानकारी दिए ।
साउन यता मात्रै १८ सय ६१ मा संक्रमण पुष्टि पर्सामा साउन यता मात्रै १ हजार ८ सय ६१ जना संक्रमित थपिएका हुन् ।
पर्साको वीरगन्जस्थित अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण बिहीबारसम्म ४५ जनाको मृत्यु भएका छ ।
वीरगन्जमा पछिल्लो १४ घण्टाको अवधीमा मात्रै थप ३ जनाको मृत्यु भएको हो । वीरगन्जमा साउन यतामा मात्रै ४१ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना , बाराका १० जना र रौतहटका २ जना रहेका छन् ।
वीरगन्जमा समुदायस्तरमै संक्रमण फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि बैशाख १० गते देखि नै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञालाइ कडाइका साथ लागू गराउन स्थानीय प्रशासनले वीरगन्जमा नेपाली सेना समेत परिचालन गरेको छ ।
तपाईको प्रतिक्रिया