पर्सा जिल्लामा एक साताका लागि निषेधाज्ञा

समाचार

4/27/2021

वीरगन्ज, १४ बैशाख । प्रदेश २ को सबभन्दा बढी कोरोना प्रभावित पर्सा जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्लामा बिहीबारदेखि लागू हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले बैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जनाइएको छ ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ