पर्सा र बाराका १५६ जनामा कोरोना संक्रमण

समाचार

8/23/2020

वीरगन्ज, ७ भाद्र । कोरोना भाइरसको हटस्पट बनेको पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।

पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ