पर्सा र बारामा थप ६४ जना संक्रमति, एकको मृत्यु

समाचार

9/2/2020

पर्सा, १७ भाद्र । पर्सा र बारा दुई जिल्लामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी ६४ जनामा संक्रमण देखिएको हो । यता, वीरगंजमा थप एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ बसबरियाका ९७ वर्षीय वृद्धको नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । दम र मुटु रोगी समेत रहेका संक्रमितको श्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ