कपिलवस्तु, २५ बैशाख । कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला विभिन्न स्थानहरुमा अक्सिनका अभावमा रहेका समाचार आइरहेका छन् ।
बिरामीहरुको उपचारमा समस्या भइरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका ३ अस्पताललाई २९ वटा र अन्य सिलिण्डर दाङ्ख जिल्लालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।
प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ पालिकामा रहेका सरकारी अस्पताललाई सो हस्तान्तरण गरेका हुन् । कपिलवस्तु, चन्द्रौटा र शिवराज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
उनले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई १० र कृष्णनगर नगरपालिका मेयर राजन प्रताप शाहलाई ३ सिलिन्डर र अन्य जिल्ला प्रहरी कार्यालय दाङ्खमार्फत् दाङ्ख जिल्लाका अस्पताललाई प्रदान गरेका थिए ।
विभिन्न उद्योग कलकारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
‘शान्ति सुरक्षासहित यो विपद्को बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौं’ उनले भने । प्राप्त सिलिन्डर तिनै मेयरले अस्पतालाई दिएका थिए ।
प्रहरीको यो कदम निकै सराहनीय रहेको मेयरले प्रतिक्रिया दिएका छन् । कपिलवस्तु नगरपालिकाका मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताए ।
प्रहरी उपरिक्षक अधिकारीले आफुहरुले अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताए ।
विपदको वेला अक्सिजनको समस्या हुन सक्ने आकलन गरेको बेला यस्ता उदारणिय कार्यले अन्य सरोकारवालाई समेत सिकाइको बावावरणमिलेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया