प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

समाचार

12/5/2020

बारा, २० मंसिर । महागढीमाई नगरपालिका–२ स्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय राम जागेश्वर प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भन्सार छली भारतबाट नेपालतर्फ दुई वटा मोटरसाइकलमा ल्याउँदै गरेको करिब १ लाख रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा यादवले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार रहेका अन्य ५ जनाको प्रहरीले खोजी गरिरहेको छ । साथै प्रहरीले ना.१ प ५४९४ नम्बर, ना.७ प ४८२३ नम्बरका मोटरसाइकल र कपडा समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ