रौतहट, २३ बैशाख । प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा राजपुर नगरपालिका–५ बस्ने ५० वर्षीय राजकिशोर भाट मालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमाराजकिशोर र छिमेकीबीचझगडा भएको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाईबुझाई गर्नेक्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहारगरेपश्चात मालीलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै घटनामा संलग्न सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र भगत माली हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया