प्रहरी कुट्ने ४ चिनियाँलाई थप दश दिन हिरासतमै राख्ने आदेश

समाचार

5/10/2020

काठमाडौं, २८ बैशाख । लकडाउनकै समयमा निषेधित क्षेत्रमा गइ प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँहरु अनुसन्धानको क्रममा थप १० दिन हिरासतमा रहने भएका छन् ।

शुक्रवार सिंहदरवाररबाट पक्राउ परेका ४७ जना चिनियाँ नागरिक मध्ये ४ जनालाई प्रहरीले हिरासतमा लिई अरुलाई सोहि दिन छोडेको थियो ।

हिरासतमा लिइएकाहरु लियो लियो, गाभिड, झ्याङजियानझु र गिल्याननलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीकहाँ उपस्थित गराएको थियो ।

सरकारी वकिलको अभियोजनपत्र दर्ता गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले थप अनुसन्धानका लागि दश दिनको म्याद दिएका हुन् । उनीहरुलाई अभद्र व्यबहार मुद्धा अन्तरगत थप १० दिन म्याद थप गरि हिरासतमा राखिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ