मोरङ, २५ माघ । प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका–७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ सोही गाउँपालिका–५ स्थित नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब १ सय ५० लिटर डिजेल सहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया