प्लाष्टिकको बोराभित्र शव फेला

समाचार

5/5/2021

धनुषा, २२ बैशाख । जनकपुर उपमहागरपालिका–२३ स्थित आँपको बगौंचामा रहेको प्लाष्टिकको बोराभित्र नगराईन नगरपालिका–६ लग्मा बस्ने ४५ वर्षीय ऐलुन राईनको शव फेला परेको छ ।

मंगलबार उक्त बगैंचमा सेतो बोरा शंकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले बोराभित्र शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ