पश्चिम नवलपरासीमा १५० जना कांग्रेसमा प्रवेश

समाचार

11/18/2020

नवलपरासी, ३ मंसिर । नेकपाबाट निर्वाचित वडा सदस्य विन्द्रावती राजभर सहित १५० जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ पुसौलिमा छठ पर्वको अवसरमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमा सरावल गाउँपालिका वडा नं. ३ ,५ ,६ र ७ का विभिन्न पार्टी परित्याग गरि १५० जना कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलबाट सदस्यता ग्रहण गरि उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यस अवसरमा बोल्दै कँडेलले नेपाली कांग्रेसको बिचार र सिद्धान्तलाई अङ्गालेर प्रवेश गरेका नेता कार्यकर्तालाई कांग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने बताए । सरावल गाउँपालिका वडा नं. ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीयस्तरबाट आफुले पहल गरिरहेको बताउँदै कांग्रेसमा आबद्ध सबैले आफ्नो समस्या र समाजका समस्यामा हातेमालो गरेर अघी बढ्न सुझाब दिए । उनले नेपाली कांग्रेसका सबै वडास्तरका कार्यकर्तालाई सक्रियताका साथ लागेर कांग्रेस बलियो बनाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ