झापा, २ बैशाख । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान देखि सिल गरिएको छ ।
पश्चिम बङ्गालमा वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई मध्यनजर गरि काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिहीबार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिए ।
उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।
तपाईको प्रतिक्रिया