पेस्तोलसहित एक जना पक्राउ

समाचार

3/22/2021

धनुषा, ९ चैत । गणेशमानचारनाथ नगरपालिका–९ जयनगर बस्ने ३२ वर्षीय प्रमोद कुमार यादवलाई पेस्तोल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कपडाले बेरी लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ