पेस्तोल तथा गोलीसहित ३ जना पक्राउ

समाचार

7/11/2021

सर्लाही, २६ असार । ब्रहमपुरी गाउँपालिका–२ स्थित ब्रहमपुरी–मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् ।

बिआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ