पेस्तोल र गोलीसहित १ जना पक्राउ

समाचार

3/21/2021

बारा, ८ चैत । बारामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन् ।

कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल सहित भुमीहारलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट भुमीहार हतियार सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद अवस्थामा बसिरहेका भूमीहारको शरिर खानतलाशी गर्दा पेस्तोल र गोली बरामद भएको हो ।

हतियार सहित पक्राउ परेका भुमीहारलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ