पहिचानका आधारमा प्रदेश ५ को नाम राख्न जसपाको माग

समाचार

10/6/2020

बुटवल, २० असोज । प्रदेश ५ को नाम पहिचानका आधारमा राख्न र राजधानी बुटवल नै कायम गर्न जनता समाजवादी पार्टीले माग गरेको छ । प्रदेश सरकारले प्रदेश सभामा नामाकरण लुम्बिनी र राजधानी दाङ प्रस्ताव गरिएकोप्रति विरोध जनाउँदै जसपाले विरोध प्रदर्शन गरेको हो ।

जसपाले प्रदेशको नामाकरण मधेश–थरुहट राख्न र राजधानी बुटवल बनाउन माग गर्दै प्रदर्शन गरेको छ । सोमबार सदरमुकाम परासीमा जसपाका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शनमा नाम र राजधानीको प्रस्ताव फिर्ता लिन माग गरेका हुन् । प्रदर्शनपछि आयोजित विरोध कार्यक्रममा बोल्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेसी र थारूहरूको बसोबास नै नरहेको स्थानमा लगेर राजधानी राख्न खोज्नु मधेस आन्दोलनको मर्म र भावना विपरीत रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ