फ्रान्सबाट आएकी युवतीसँगै कपिलवस्तुका युवालाई पनि क्वारेन्टाइनमा पठाइयो

समाचार

3/24/2020

कपिलवस्तु, १२ चैत । फ्रान्सबाट गत चैत ४ गते आएकी कोरोना भाइरस लागेकी विद्यार्थीसँगै कपिलवस्तुका १ जना युवा पनि सोही विमानमा आएको खुलेको छ ।

बुद्धभूमि–३ रनगाई घर भएका युवालाई गाउँमा थाहा हुनसाथ स्थानीय क्यारेन्टाइनमा लगिएको वडा अध्यक्ष गोविन्द आचार्यले बताए ।

नगरपालिकाले गोरुसिंगेको थारु कल्याणकारी सभामा तयार पारिएको क्यारेन्टाइनमा राखिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

हालसम्म उनमा कुनै लक्षण नदिएको समेत श्रेष्ठले बताए । गाउँमा चर्चा चलेसँगै स्थानीयलाई सुरक्षित हुन प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ