फरार १५ अभियुक्त पक्राउ

समाचार

9/25/2020

राजविराज, ९ असोज । विभिन्न मुद्दामा फरार रहेकामध्ये १५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतमा रहेको मुद्दामा फैसला भइ सजाय तोकिइसकिएको भएपनि फरार रहदै आएका उनीहरुलाई जिल्लाका विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको हो ।

कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका–१ का ९८ वर्षीय उतिमलाल यादव, ४५ वर्षीय शंकरकुमार यादव, ३५ वर्षीय लक्ष्मण यादव, ३० वर्षीय लक्ष्मी यादव, वडा नम्बर–९ का ४४ वर्षीय गुलावलाल दास र ६६ वर्षीय सुब्बी यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यस्तै ज्यान मार्ने उद्योग र कुटपीट मुद्दाका फरारी राजविराज–९ का ७६ वर्षीय झौली नुनिया, कुटपीट अंगभंग मुद्दाका फरारी राजविराज–९ का सुबसु साह र लिलावती साह, राजविराज–१ का लुटपीट मुद्दाका फरारी ७५ वर्षीय गोसाई यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।

यसैगरि कुटपीट मुद्दाकै फरारीहरु राजविराज १ का शत्रुधन यादव, राजविराज–९ का जुक्ती यादव, केही सार्वजनिक अपराध मुद्दाका फरारी राजविराज–१ का बडेलाल यादव, जालसाजी मुद्दाका फरारी राजविराज–६ का झवर यादवलाई नियन्त्रणमा लिइएको नायब उपरीक्षक भारतीले बताए ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरारीहरुलाई नियन्त्रणमा लिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक सन्तोषकुमार खडकाको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

यसैगरि लागूऔषध मुद्दामा फरार रहेका अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ का ग्वाला मेहता भनिने महेन्द्र मेहतालाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि म्याद थप भइ अनुसन्धान भइरहेको नायब उपरीक्षक भारतीले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ