कपिलवस्तु, ११ फागुन । मायादेवी गाउँपालिका वडा नं.३ फुलिका अवस्थित मर्थी नदीको काठे पुललाई विस्थापित गर्न पक्की पुलको शिलान्यास प्रदेशसभा सदस्य विष्णु पन्थीले गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको ३ करोड ४६ लाख लागतमा निर्माण हुने उक्त पुलले कपिलवस्तुको सुद्धोधन गा.पा., वाणगंगा नगरपालिका तथा मायादेवी गा पा का आम जनतालाई सदरमुकाम तौलिहवासँग जोड्ने प्रमुख पुल बन्ने हँुदा स्थानीयहरु हर्षित भएका छन् ।
प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य शुष्मा यादव तथा संविधानसभा सदस्य राम लौटन तिवारी, मायादेवी गाउँपालिकाका उपप्रमुख गीता तिवारीको आतिथ्यतामा तथा वडा अध्यक्ष शुकदेव प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो पुलले पूर्वी कपिलवस्तुको आन्तरिक आवागमनका लागि महत्वपूर्ण हुने कुरा सहभागीहरुको भनाई रहेको छ ।
तपाईको प्रतिक्रिया