बीओपी स्थापना धमाधम

समाचार

10/22/2020

काठमाडौं, ६ कात्तिक । सरकारले सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले अब्जरभेजन फोर्स(बीओपी) स्थापनामा तीव्रता दिएको छ । चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ । भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए । हाल देशभर सीमामा १ सय ७२ वटा बीओपी स्थापना भएका छन् ।

बीओपीको संख्या भारतीय सीमानामा १ सय ६५ र उत्तरी सीमामा ७ पुगेको छ । प्रवक्ता अर्यालका अनुसार सरकारले २ सय २१ बीओपी बनाउने लक्ष्यका साथ द्रुत गति काम गरिरहेको छ ।

स्रोत साधान र जनशक्ति पुगेमा भारतको बराबर बीओपी स्थापना गर्ने सरकारको योजना छ । ५ सय बीओपी स्थापना गर्ने तयारी गृह मन्त्रालयको छ । २ देखि ३ किलोमिटरको दूरीमा बीओपी राख्ने योजना सरकारको छ । २०७५ भदौ २५ सम्ममा सिमानामा मात्रै ८७ बीओपी थिए । दुई वर्षको अन्तरालमा सीमामा दोब्बर बीओपी स्थापना भएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा प्रकाशनसँगै सरकारले सीमा सुरक्षाका लागि बीओपी थप गर्दै लगेको छ ।

भारतसँगको सिमानामा मात्रै होइन चीनसँगको सिमानामा सुरक्षा पोस्ट बनाउन थालेको छ । वैशाखअघि सिन्धुपालचोकको तातोपानीबाहेक अन्य स्थानमा बीओपी थिएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ