नेपालगञ्ज, १८ जेठ । नेकपा एमालेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाकोे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
वैशाख २५ गते पीसीआर जाँच गरेपछि थापा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए। युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।
तपाईको प्रतिक्रिया