बाँकेको नरैनापुरमा भीषण आगलागी, १०० भन्दा बढी घर जले

समाचार

4/4/2021

नेपालगन्ज, २२ चैत । बाँकेको नरैनापुर गाउँपालिकामा फेरि आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १०० वटा भन्दा बढी घर जलेका छन् ।

शनिबार दिउँसो बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको छ ।

नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाहीका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ ।

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ