बाँके, २ बैशाख । नेपालगंज उपमहानगरपालिका–१८ बस्ने बसन्त कुँवरको घरमा आफैले संचालन गरेको लक्ष्मी इलेक्ट्रोनिक प्रालिमा आइतबार साँझ ग्याँस लिक भएर आगलागी हुँदा उक्त प्रालिमा रहेको मेशिन तथा कच्चा पदार्थ जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बाँके, राप्तीसोनारी गाउँपालिका–७ नन्कपुर बस्ने ६५ वर्षीय रती घर्तीको गोठमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया