बाँकेमा कोरोना अनियन्त्रित हुँदै

समाचार

4/25/2021

नेपालगन्ज, १२ बैशाख । लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर जान लागेको छ ।

पछिल्लो २४ घन्टामा बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुने सबभन्दा बढी छन् । जसमा नेपालगन्ज उपमहानगरमा बढी रहेका छन् ।

बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ