बाँके, ९ चैत । कोहलपुर नगरपालिका–१० स्थितबाट १ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका–११ बस्ने ३५ वर्षीय बिश्व बहादुर परियार, राप्तिसोनारी गाउँपालिका–३ बस्ने २८ वर्षीय आन्नद खड्का र सोही ठाउँ बस्ने २० वर्षीय कैलाश शाही रहेका छन् ।
नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको बा.६ च ७५७१ नम्बरको टाटा जेनिस गाडीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया