नेलागन्ज, २७ साउन । बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।
तपाईको प्रतिक्रिया