बाँकेमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

4/13/2021

बाँके, २९ चैत । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट प्रबन्धित विभिन्न लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका–१७ चौलिका चोकबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित सोही नगरपालिका–१६ बस्ने गब्बर भन्ने हासिम हुसेन कवडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले हासिमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट करिब १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित कोहलपुर नगरपालिका–६ रझेना बस्ने २५ वर्षीय आशिष पौडेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ