बाँकेमा लागूऔषधसहित युवक पक्राउ

समाचार

2/10/2021

बाँके, २८ माघ । नेपालगंज उपमहानगरपालिका–१५ माछामण्डीबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८ हजारसहित एक युवक पक्राउ परेका छन् ।

दाङ गढवा गाउँपालिका–६ प्रगतिनगर बस्ने २२ वर्षीय आशिष पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त धुलो पदार्थ लिन पठाउने दाङ लमही नगरपालिका–५ बस्ने ३० वर्षीय दाम बहादुर पाण्डेलाई नगद ११ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ