बाँकेमा साताव्यापी रक्तदान अभियान

समाचार

5/19/2021

नेपालगञ्ज, ५ जेठ । अनलाइन पत्रकार संघ, बाँकेले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमित बिरामीलाई लक्षित गरी संघले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको हो ।

कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खबर बाहिरिएपछि साताव्यापी रक्तदान कार्यक्रम बुधबारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानेले जानकारी दिए ।

उनले संकलित रगत कोरोना संक्रमित बिरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य बिरामीलाई समेत दिन सकिने बताए ।

रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन अपिलसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ