बाँके, ३१ जेठ । राप्ती सोनारी गाउँपालिका–६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ भे.१ ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी चालक विक समेत अटो सवार उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया