बाँके पाँच जना लागूऔषधसहित पक्राउ

समाचार

4/18/2021

बाँके, ४ बैशाख । नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरबाट करिब ८ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका–४ बस्ने २१ वर्षीया निशा वली सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ