नेपालगन्ज, १५ पुस । कोरोना भाइरस (कोभिड–१९) संक्रमित तीन जनाको बाँकेमा मृत्यु भएको छ ।
उपचारको क्रममा दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिका–९ निवासी ८५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति बाँकेमै मृत्यु भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया