बागमती खोलामा डुबेर बालकको मृत्यु

समाचार

6/28/2021

रौतहट, १४ असार । माधवनारायण नगरपालिका–८ पिपरारजवडा टोल बस्ने उपेन्द्र महतोको छोरा ३ वर्षीय राजकुमार महतोको डुबेर मृत्यु भएको छ ।

आफ्नै दिदीसँग आइतबार दिउँसो बाग्मती खोलाको छेउमा बाख्रा चराउन गएको अवस्थामा लडेर बाग्मती खोलामा परी बेपत्ता भएका थिए ।

बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही नदीको किनारमा उनको शव फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ