बागमती नदीको बाँध मर्मत

समाचार

7/8/2021

रौतहट, २४ असार । रौतहटको राजदेवी नगरपालिका ९ स्थित बागमती नदीको बाँधको स्पर बाढीले कटान गर्न थालेपछि मर्मत थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मर्मत कार्यमा जुटेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहितको सुरक्षा प्रमुखहरूको टोली मर्मत स्थलमा अहोरात्र खटिएका छन् ।

सो स्परमा ठूलो क्षति पुगेमा राजदेवी नगरपालिका तथा सदरमुकाम गौर नगरपालिकाका विभिन्न टोलहरू डुबानको खतरामा पर्ने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ