बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकको मृत्यु

समाचार

8/26/2020

रुपन्देही, ११ भाद्र । कोरोना भाइरस संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्याबाट समेत रहेको चिकित्सकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ