जनकपुरधाम, २७ चैत । बढ्दै गइरहेको कोरोना महामारीलाई दृष्टिगत गर्दै क्लोथ बैंक नेपालले हाइअलर्टमा बस्न आग्रह गरेको छ ।
क्लोथ बैंकका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजीव झाले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका छन् ।
कोरोना महामारीको सबभन्दा बढी जोखिममा प्रदेश २ रहेको छ भने संघीय राजधानी काठमाडौंमा पनि संक्रमण बढ्दै गएको तथ्यांक सार्वजनिक हुँदै आएको छ ।
क्लोथ बैंकद्वारा संचालित होम आइसोलेसन कार्यक्रमसँग आबद्ध चिकित्सकहरुको टिम र म्यानेजमेन्ट टिम संस्थाका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरु एम्बुलेन्स व्यवस्थापन समितिका सदस्यहरू लगायत सबैलाई हाई एलर्टमा बस्न अध्यक्ष झाले आग्रह गरेका छन् ।
साथै क्लोथ बैंकले उपलब्ध गराउँदै आएको मेडिकल सेवाहरु पनि भोलि शनिबारदेखि पुनः सुचारु रहने जानकारी अध्यक्ष झाले दिएका छन् ।
तपाईको प्रतिक्रिया