बाढीले मौरीको घार बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति

समाचार

5/30/2021

रुपन्देही, १६ जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लुम्बिनी बिकास कोषको जग्गामा कपिलबस्तु शिवराज नगरपालिका–५ बस्ने मोहन अधिकारीको शिवराज मौरी पालन फर्मको १ सय वटा मौरीघार बाढीले बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

अबिरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले उक्त फर्ममा रहेको मौरीको घार बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले ५० वटा मौरिघार उद्दार गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ