बाणगंगा खोलामा डुबेर बालकको मृत्यु

समाचार

4/18/2021

कपिलवस्तु, ५ बैशाख । बाणगंगा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–१० मलवा बस्ने महेन्द्र कुर्मीको ९ वर्षीय छोरा आदर्श कुर्मीको घरबाट १ किमी टाढा बाणगंगा खोलामा पौडी खेल्नेक्रममा डुबेर शनिबार मृत्यु भएको छ ।

शनिबार बिहान घरबाट निस्कीएका उनी साथीहरूसँग उक्त खोलामा पौडी खेल्न गएकोमा साँझसम्म पनि घर नफर्कीएपछि खोजी गर्नेक्रममा डुबीरहेको अवस्थामा उनको शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ