कपिलवस्तु, १० असार । बुद्धभूमि नगरपालिकाले छात्राहरुको अध्ययनमा सहजता ल्याउनका लागि छात्राहरुलाई साइकल वितरण गरेको छ ।
छात्राहरुलाई नियमित शिक्षा हासिल तथा प्रोत्साहन गर्न नगरपालिकाले छात्राहरुलाई साइकल साईकल वितरण गरेको हो ।
नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५, ६, ७, ८ र १० वडामा कक्षा ८ उर्तिण गरेका छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
कक्षा ८ मा पढेर कक्षा ९ मा गएका २ सय ४८ जना छात्राहरुलाई साईकल दिई छात्राहरुलाई नियमित विद्यालयमा जोडी रहन सहयोग गर्ने उद्देश्यले साईकल वितरण गरिएको नगपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत छात्राहरुका नियमित अध्ययन गर्नको लागि शैक्षिक विकासमा टेवा दिन यो कार्यक्रम राखिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडलले बताए ।
१ देखी डेढ घण्टा समय लागेर विद्यालय जानेहरुलाई अव आधा घण्टामै विद्यालय पुग्न सकिने भएको बुद्धभूमि १० की विद्यार्थी सिमा केवटले बताइन् ।
नगरपालिकाले विद्यालयको समस्या बुझ्न तथा विद्यार्थीका समस्याहरुको समाधान गर्न मेयर संग विद्यार्थी कार्यक्रम समेत संचालन गर्दै आइरहेको छ ।
आगामी आर्थिक वर्षमा समेत शिक्षाको क्षेत्रका छात्राबृति ल्यापटप खरिदरमा अनुदान जस्ता नीति तथा कार्यक्रम समेत नगरपालिकाले पारित गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताएका छन् ।
तपाईको प्रतिक्रिया