बुद्ध महान भारतीय हन् : भारतीय विदेशमन्त्री

समाचार

8/9/2020

काठमाडौं, २५ साउन । भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरे ।

भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले गौतम बुद्धलाई महान भारतीय नागरिक भएको दाबी गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेलामा नेपाल बुद्ध भूमि भएको बताएका थिए ।

उनले सम्बोधनमा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ