वीरगन्ज, १९ जेठ । बन्दाबन्दीमा विकास योजनाले तिब्रता लिएपछि निम्नवर्गलाई राहत प्रदान गरेको छ । कारोना महामारीको कारण दुई महिनादेखि लागु रहको बन्दाबन्दीले दैनिक ज्यालादारी गरेर जिवन व्यक्तिहरुलाई सास्ती बढेको थियो ।
केहि हप्तादेखि संघीय तथा प्रदेश सांसदहरुको कोषबाट भइरहेको विकास योजनाले रोजगारी सिजर्ना गरेकोले आर्थिक गतिविधिहरु पुनः सुरु भएका छन् ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ को बहुअरी टोलमा सुरु भएको सडक निर्माण योजनाको प्रदेश सभासद रमेश पटेल र डा अन्जु यादवले संयुक्तरुपमा उदघाटन गरेका थिए ।
प्रदेश सभासद रमेश पटेलको संसदिय कोषबाट निर्माण भइरहेको सडक ढलान योजना ५०लाखको लागतमा २ हजार ७ सय ८६ स्क्वायर मिटर सडकमा माटो पुरी ग्रेभल गरेको ढलान गर्ने कार्य सोमबार सुरु भएको छ ।
तपाईको प्रतिक्रिया