बृन्दावनम अवैध मदिरा नष्ट

समाचार

3/31/2020

रौतहट, १८ चैत । रौतहटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा प्रहरीले करिब ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

विगत लामो समयदेखि मदिरा उत्पादन गर्दै आएका सो भोटे वस्तीमा मंगलबार बिश्रामपुर प्रहरी चौकीका सइ सतरुधन राउतको कामाण्डमा खटिएको प्रहरी र बृन्दावन नगरपालिका वाड नं—१ का वडाअध्यक्ष सुबोध पटेल तथा बलरी गाउँका दर्जनौ युवाहरुको सहयोमा प्रहरीले करिब ६ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको बिश्रामपुर प्रहरी चौकीका सइ सतरुधन राउतले बताएका छन् ।

विगत लामो समयदेखि मदिरा उत्पादन हुदै आएका सो भोटे वस्ती मदिरा उत्पादनका भण्डार बनेका थिए । लडाउनको अवस्थामा समेत मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार गरने गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ