बृन्दावनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन

समाचार

4/29/2020

रौतहट, १८ बैशाख । जिल्लामा दुई जनामा कोराना संक्रमण पुष्टि भएसँगै लकडाउनमा थप कडाई गरिएको छ । अन्य समयको तुलनामा जिल्लामा लकडाउनमा कडाइ गरिएको हो ।

बृन्दावन नगरपालिकामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि सो नगर क्षेत्रमा लकडाउन थप कडाइ गरिएको छ । मंगलबार रौतहटमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटमा कोरोना संक्रमण भेटिएका दुबै जनाको सम्पर्कमा आएकाहरुलाई पहिचान गरेर स्वाब संकलन भइरहेको छ । कोरोना पुष्टि भएको दुबै नगरपालिकाको वडाहरुलाई चार किल्ला बनाएर सील गरिएका छ ।

बृन्दावनको अन्य वडामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरेको नगर प्रमुख राम स्नेही यादवले बाएका छन् । बुधबार बृन्दावन नगरपालिकाको प्रत्येक वडामा नेपाल प्रहरी, शसस्त्र प्रहरीसँगै नगर प्रमुख राम स्नेही यादवले अनुगमन गरि लकडाउन पालना गर्न नगरवासीमा आग्रह समेत गरेका छन् ।

नगर प्रमुख यादवका अनुसार बृन्दावनका वडा नं—१, २, ३ र ८, ९ मा नेपाल प्रहरी र शसस्त्र प्रहरी सँगै सो वडाहरुबाट ७—७ जना भोलेन्टियर समेत परिचालन गरिएको बताएका छन् । संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब रिपोर्ट नआएसम्म बृन्दावमा लकडाउन कडा हुने मेयर यादवले बताएका छन् ।

बृन्दावको सार्वजनिक स्थानमा समेत सिल लगाएको छ । राजमार्गमा पहिलाको तुलनामा आवत जावतमा समेत कडाइ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ