रौतहट, १३ चैत । रौतहटको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले कोरोना भाइरसबाट बच्न आफ्नो नगर क्षेत्रअन्तर्गतका प्रत्येक वाडको टोल टोल र घर घरमा माक्स, सेनिटाइजर र साबुन वितरण तथा सबुन पानीको व्यवस्था गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणबाट आप्mनो नगरवासिमा माक्स, सेनिटाइजर र साबुन वितरण तथा सबुन पानीको व्यवस्था गरिएको बृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिएका छन् ।
सो नगरपालिकाभरि करिब ६९० स्थानमा साबुन पानीको व्यवस्था गरिएको बृन्दावन नगरपालिकाका नासु शिवजी साहले बताएका छन् ।
यता नगर प्रमुख यादवले आफ्नो नगर क्षेत्रका नागरिकलाई कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन भीडभाडमा नजान खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकन हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्न ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया