बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना

समाचार

3/22/2021

कपिलवस्तु, ९ चैत । मधेशी पत्रकार समाज कपिलवस्तु शाखाद्वारा पत्रकार स्वर्गीय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ ।

जिल्लाको कपिलवस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषका लागि मधेशी पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् ।

सोही क्रममा मधेश मनाव अधिकार गृहका अध्यक्ष रविन्द्रनाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय सहयोग गरेका छन् ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार शुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् ।

यो अक्षयकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त ब्याजबाट प्रत्येक वर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए ।

मधेशी पत्रकार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका बर्मा विगत ३ दशकदेखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए ।

उनी नेपाल टेलिभिजनमा विगत २ दशकदेखि कार्यरत रहेका थिए । उनले मधेशी युवाहरुको हक अधिकारका संरक्षण तथा पत्रकारीतामा अकार्षित गराउन अग्रणी भूमिका निर्वाह गरिरहेका थिए ।

उनको स्वर्गरोहण गत भाद्र २२ गते भएको थियो । मधेशी पत्रकार समाजले आयोजना गरेको पत्रकार भेला तथा सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गरेको हो । समाजले ५ जनालाई सम्मान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ