बेपत्ता बालिका मृत फेला

समाचार

7/3/2020

जनकपुरधाम, १९ असार । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ