बिप्लवका कार्यकर्ता रौतहटमा पक्राउ

समाचार

7/8/2020

रौतहट, २४ असार । रौतहटको चन्द्रपुर—२ खरियान डाडा टोलका बिप्लब कार्यकर्ता पक्राउ परेका छन् ।

मंगलबार राती साढे ७ बजे चन्द्रपुर—२ को वन क्षेत्रबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रहरी टोलीले ४० बर्षका जमान सिंह वाइबालाई पक्राउ गरेको जनाइएको छ ।

वाइबालाई नेकपा बिप्लव समुहमा आवद्ध रहि बिगतमा इलाका प्रहरी कार्यालयबाट चलेको ज्यान मार्ने उद्योग र हात हतियार खर खजाना मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी रहेकोले पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।

पक्राउ परेका जमान सिं वाईवालाई थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ