मोरङ, ४ असार । पथरी शनिश्चरे नगरपालिका–१ सिनेमाहल छेउ बस्ने ३५ वर्षीय नारायण परियार र सोही ठाउँ बस्ने ३२ वर्षीय कृष्ण दर्नालाई १३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र लागूऔषध तौल गर्ने मेशिन सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले नारायणको घर तलासी गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया