ब्राउनसुगरसहित कैलालीमा दुई जना पक्राउ

समाचार

5/31/2021

कैलाली, १७ जेठ । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपलिका–१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका–२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८६४७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक कोली र स्कुटरमा सवार मल्ललाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ