बाँके, ९ साउन । नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरबाट ४३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भारत लखनउका २८ वर्षीय मुस्तकिम सिद्दिकी, भारत वहराईचका २८ वर्षीय मो. सलमान खान र बाँके नेपालगंज उपमहानगरपालिका–११ टाँगा स्टेशनका २२ वर्षीय आजाद कवडिया रहेका छन् ।
मुस्तकिम समेतले लागूऔषधको खरिद विक्री गर्दैछन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले मुस्तकिमको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध, १ थान डिजिटल तराजु तथा ३ थान मोबाइल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुउपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया